काठमाडौं । अभिनेत्री वर्षा राउत र जोयस पाण्डेको मुख्य भूमिका रहेको चलचित्र हिउँको गीतको छायांकन सम्पन्न भएको छ । अमेरिकाको पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा चलचित्रको अन्तिम दृश्यको छायांकन गरेसँगै चलचित्र सम्पादन चरणमा प्रवेश गरेको हो । जोयश पाण्डेयसँगको संयुक्त लेखनमा तयार चलचित्रलाई विमल सुवेदीले निर्देशन गरेका हुन् ।
नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको चलचित्रमा भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरकफरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरिएको निर्माण समूहले जनाएको छ । एउटा परिवार तर फरक पुस्ता, परिवेश र अनुभव बोकेका सदस्यमार्फत् चलचित्रले समग्र नेपालीभाषी भुटानीको आफ्नै देशबाट लखेटिनुअघि सरकारबाट योजनाबद्ध बर्बर यातनादेखि लखेटिएका थिए । त्यसपछि नेपालको शरणार्थी शिविर र अमेरिका पुगेपछि परिवारका फरकफरक सदस्यमा देखिने संरचनात्मक र मनोवैज्ञानिक असरलाई चलचित्रको कथ्यमा समेटिएको निर्माता समुन्द्र राज घिमिरेले जनाएका प्रेस नोटमा उल्लेख छ ।
चलचित्र नेपाली र अंग्रेजी गरी दुई भाषामा चलचित्र खिचिएको बताएका छन् । चलचित्र सम्पादन, ध्वनि, संगीत, रंग संयोजन तथा पर्दा पछाडिका कार्यमा फरकफरक समूहले समानान्तर रूपमा काम गर्नेछन् । चलचित्रमा वर्षा र जोयशबाहेक पूजा चन्द, आकाश खतिवडा, ईशिर कर्मचार्य,थोमस किथ स्कट, केदार उप्रेती, आरबी खड्का, अर्जुन रसाइली, समीर रेग्मी, मनोरथ खनाल, नीलम खनाल, इशान कर्माचार्यलगायत कलाकारको अभिनय छ । चलचित्रमा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन् । फिल्मलाई चिनइन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गर्नेछन् ।
न्यूज समय
२ माघ, २०८१, बुधबार ००:००