लमजुङमा याे वर्ष धान उत्पादनमा बृद्धी

न्यूज समय

काठमााडाै । लमजुङमा विगतमा भन्दा यो वर्ष धान उत्पादन बढेको छ । अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोगका कारणले धानको उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।

केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा नौ हजार ३०१ हेक्टरमा धानखेती गरिएकामा ३१ हजार १५८ मेट्रिक टन धान उत्पादन भएको छ । गत आवमा सोही क्षेत्रफलमा २८ हजार ६४७ मेट्रिक टन धान उत्पादन भएको थियो। गत आवको तुलनामा चालु आवमा दुई हजार ५११ मेट्रिकटन धान बढी उत्पादन भएको हो।

केन्द्रका अनुसार आव २०७९र८० मा ३० हजार ९८६ मेट्रिक टन, आव २०७८र७९ मा ३० हजार ६९८ मेट्रिकटन, आव २०७७र७८ मा ४४ हजार ४२५ मेट्रिकटन, आव २०७६र७७ मा ४४ हजार १५५ मेट्रिकटन, आव २०७५र७६ मा ४४ हजार ५४५ मेट्रिकटन आव २०७४र७५ मा ४३ हजार ८३० मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा साबित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ।