काठमाडौ । माघ २ गते अर्थात आज भूकम्प सुरक्षा दिवस, २०८१ विभिन्न सचेतना मुलक कार्यक्रम गरि मनाईदै छ ।
१९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ।
विगतका वर्षको जस्तै यो वर्ष पनि सरकारले देशभर विभिन्न भूकम्पीय सचेतना कार्यक्रम गर्दै मनाईने छ । भुकम्प सुरक्षा दिवसको कार्यक्रमको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन् ।
न्यूज समय
२ माघ, २०८१, बुधबार ००:००