काठमाडाैं । प्रहरीले वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिने भन्दै रु १५ लाख ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
शेर्पाले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट रु १५ लाख लिई सम्पर्कबिहीन भएको भन्दै पिडितहरूले प्रहरीमा उजुरी गरेका थिए । शेर्पालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
न्यूज समय
२ माघ, २०८१, बुधबार ००:००