प्रभु बैंकको २३औं साधारण सभाबाट ६ जना नयाँ सञ्चालक चयन

न्यूज समय

काठमाडौं । प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण तर्फबाट ६ जना नयाँ सञ्चालक चयन भएका छन्। सोमबार बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न साधारण सभाबाट संस्थापक शेयरधनी तर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह, र वृषबहादुर बस्नेत निर्वाचित भएका छन्। त्यसैगरी, सर्वसाधारण शेयरधनी तर्फबाट सुरजकुमार श्रेष्ठ, किशोरजंग कार्की, र राजु पौडेल नयाँ सञ्चालकका रूपमा आगामी पाँच वर्षको कार्यकालका लागि निर्वाचित भएका छन्।

सभामा संस्थापक र सर्वसाधारण दुवै समूहका शेयरधनीहरूले मतदानमार्फत आफ्ना प्रतिनिधि चयन गरेका थिए। हाल प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला रहेका छन्। साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०÷०८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु पारित गरेको छ।

साथै, प्रभु बैंकका सहायक कम्पनीहरू प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको एकीकृत वित्तीय विवरणलाई पनि सभाले अनुमोदन गरेको छ। नयाँ बोर्ड नेतृत्वलाई थप सुदृढ बनाउँदै लगानीकर्ता तथा ग्राहकलाई अझ प्रभावकारी सेवा प्रदान गर्ने बैंकले अपेक्षा गरेको छ ।