केन्द्रिय समितिको बैठकपछि माओवादी पदाधिकारी बैठक बोलाइयो, पूर्वउपराष्ट्रपति पुनलाई पनि जिम्मेवारी दिने

न्यूज समय


काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले बताए ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नसक्ने बताइएको छ । पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय कमिटी बैठकपछि पहिलो पटक बस्न लागेको पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन गरेर केन्द्रीय कमिटीको बैठकको निर्णयसहित परिपत्र जारी गर्न तयारी गरेको छ।

माओवादीले यो पटक नेताहरूको कार्यविभाजन गर्दा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि जिम्मेवारी दिने तयारी गरेको छ । पुनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ।

पछिल्लो समय माओवादीको बैठकमा निरन्तर सहभागी हुँदै आएको पुनलाई गएको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष सरहकै कुर्सीमा राखिएको थियो।