हमामको अपहरणमा परेका विपिन जोशी फर्केर आउनेमा परराष्ट्रमन्त्री राणा ढुक्क

न्यूज समय

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणाले हमासको अपहरणमा परेका विपिन जोशी सकुशल भएको र फर्केर आउनेमा आफु ढुक्क रहेको बताएकी छन् ।

सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले सो कुरा बताएकी हुन् । बैठकमा उनले भनिन्– ‘विपिन भाइ सकुशल हुनुहुन्छ । उहाँ फर्केर आउनुहुन्छ भन्ने ढुक्क छु ।’ उनले यो विषयमा कतारको राजदूतसँग फोनमा कुरा भएको बताउँदै राजदूतले त्यहाँका परराष्ट्रमन्त्रीसँग कुरा गराउने आश्वासन दिएको बताइन् ।

उनले भनिन्–‘कतारको राजदूतसँग फोनमा कुरा गरे । त्यहाँको परराष्ट्रमन्त्रीलाई कुरा राख्छु भन्नुभएको छ । भोलि कतारको परराष्ट्र मन्त्रीसँग फोनमा कुरा गराउँछु भन्नुभएको छ । मलाई कुरा हुने आशा छ ।’

मन्त्री राणाले यसअघि ३४ जना रिहा हुन लागेको रिपोर्ट आएको तर पछि होइन भन्ने रिपोर्ट आएको बताइन् । उनले जुलाईमा इजरायलले नै महिला बालबालिकाको सूची हमासलाई पठाइसकेको रिपोर्ट आएको समेत बताइन् ।