दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीमा दलहरूको भूमिका प्रमुख : सभामुख

न्यूज समय

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको जस्तो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीमा दलहरूको प्रमुख भूमिका हुने बताएका छन्।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुने बताएका हुन्। उनले दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताए।

उनले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवर्धन हुने जिकिर गरे। उनले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतलाई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए।

जनताका अभिमत उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताए। लोकतान्त्रिक विधिअनुसार नबनेका राजनीतिक दलहरूमाथि प्रश्न उठ्नु स्वभाविक भएको बताए।

सभामुख घिमिरेले जनतामा सूचनाको हक अधिकार सुनिश्चित गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए।