काठमाडौं । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक शुक्रवारदेखि काठमाडौंमा शुरु भएको छ । बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए
। उनले भारत नेपालको आयात निर्यात र व्यापारका हिसावले महत्वपूर्ण पार्टनर भएकाले भारतसँगको यस्ता छलफल निकै महत्वपूर्ण हुने उल्लेख गरे । अधिकारीका अनुसार नेपाल भारतबीच केही समयदेखि व्यापा र पारवहनमा देखिका समस्याहरु समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुनेछन् ।
उनले एक अर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने, नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्ने जस्ता एजेण्डा नेपालको रहेको बताए ।
भारतका प्रतिनिधिहरु सकारात्मक भएर बैठकमा सहभागिता भएकाले बैठक उपलब्धिमुलुक हुने आशा रहेको प्रवक्ता अधिकारीको भनाई छ । उनले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन ढिलाई भएको विषयलाई पनि बैठकमा राखिने बताउँदै भारत त्यो विषयमा सकारात्मक रहेको बताए ।
बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्न समेत माग गरेका छन् । नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पु¥याउने विषयलाई प्राथमिकता दिन सुझाव दिएका छन् । नेपाल–भारत वाणिज्य सचिवस्तरको आज र भोली चल्ने छ ।
न्यूज समय
२६ पुस, २०८१, शुक्रबार ००:००