नेपालगञ्ज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले दुई ठूला दल कांग्रेस–एमाले मिलेर बनेको गठबन्धनको सरकार स्थायी भएर विकासमा मुद्दामा केन्द्रित हुन नसकेको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियनले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनभावनालाई कदर गर्नका लागि विकासका प्राथमिकताहरूको निर्धारण गर्न आवश्यक रहेको स्पष्ट पारे ।
साउदले सरकार सुशासन, भ्रष्टाचार अन्त्य, विकास निर्माण र संविधान संशोधनका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै साउदले त्यसका लागि सरकारलाई कांग्रेसले साथ दिइरहेको बताए । उनले सरकारलाई नेपाली कांग्रेसले सहयोगसंगै काम गर्न नसक्दा खबरदारी पनि गरिरहने बताए ।
सरकारका कामहरूको मूल्यांकन विभिन्न तहमा भइरहेको भन्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य साउदले पार्टीको आन्तरिक संरचनामा सरकारको कार्यसम्पादनको मूल्यांकन उपर्युक्त समयमा हुने बताए ।
मुलुकको परिस्थिति र पार्टीलाई चलायमान बनाउन आफूहरू जिल्ला दौडाहमा निस्किएको उनको भनाइ थियो । साउदले संविधान संशोधनको मुद्दामा कांग्रेस प्रतिबद्ध रहेको दोहोर्याउँदै संविधान संशोधनका लागि राष्ट्रिय सहमति जुटाउनु पर्ने बताए ।
न्यूज समय
२६ पुस, २०८१, शुक्रबार ००:००