ओखलढुंगा । ओखल्ढुङ्गाको जिल्लाको मोलुङ गाउँपालिकाको पालिकास्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आज समापन भएको छ।
बरुणेश्वर माध्यामिक विद्यालय रामपुरमा सम्पन्न प्रतियोगितामा बरुणेश्वर माध्यामिक विद्यालयले १५ स्वर्ण,९ रजत र ३ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको छ ।
त्यस्तै जेसे माध्यामिक विद्यालय जेसेले ९ स्वर्ण, ७ रजत र २ काष्यसहित द्वितीयस्थान र शिवदूति माध्यामिक विद्यालय प्राप्चाले ६ स्वर्ण,१ रजत र ६काष्यसहित तृतीय स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा मोलुङ गाउँ पालिकाका १० विद्यालय सहभागी थिए।

न्यूज समय
२६ पुस, २०८१, शुक्रबार ००:००