काठमाडौं । केहि समययता नियमित रुपमा बस्न नसकिरहेको मन्त्री परिषद्को बैठक शुक्रबार साँझ बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुनेछन्।
नियमित बैठक सामान्यतया बिहीबार र सोमबार बस्ने भए पनि केही यता समयतालिकाअनुसार बस्न सकेको छैन।
न्यूज समय
२६ पुस, २०८१, शुक्रबार ००:००