पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत ३१ व्यक्तिसहित ८ कम्पनी र ५ सम्पत्ति जफत गरि ४४ विरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
सरकारी वकिल कार्यालय कास्कीले पेश गरेको प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा दर्ता भएको कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
यसअघि शुक्रबार सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता गरेको थियो।
उनीहरूविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ।
न्यूज समय
७ पुस, २०८१, आईतबार ००:००