रवि लामिछानेलाई बयानका लागि आज चितवन लगियो
- १८ मंसिर, २०८१, मंगलवार १०:००
- मुख्य समाचार
- न्यूज समय
काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको प्रहरीले जनाएको छ । सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।
यसबारे अनुसन्धानकको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो । सहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान लिइएको थियो ।
लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो । काठमाडौको बयान सकिएपछि रविलाई बयानका लागि चितवन लगिएको हो । यसभन्दा अगाडि कास्की र बुटवलमा पनि बयान लिइएको छ । अब पर्सामा सानो पाइला सहकारी ठगीको अरोपमा मुद्दा दर्ता भएको छ । चितवनपछि पर्सा पु¥याइने प्रहरी स्रोतको भनाई छ ।