१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

​कांग्रेसको रिक्त कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिक्त रहेको कोषाध्यक्ष पदमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ मनोनीत गरेका छन् । सभापति देउवाले आइतबार श्रेष्ठलाई केन्द्रीय कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।

देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरको मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

१५ औं महाधिवेशनदेखि कांग्रेसले कोषाध्यक्ष मनोनीतबाट ल्याउने गरी विधान संशोधन गरेको थियो । त्यसअघि कांग्रेसमा सभापति, महामन्त्री र कोषाध्यक्षको निर्वाचन हुने गरेको थियो । कांग्रेसको विधानमा महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै संयन्त्रलाई पूर्णता दिने व्यवस्था छ ।

तर सभापति देउवाले केन्द्रीय कोषाध्यक्ष मनोनीत गर्न झण्डै ३ वर्ष लगाएका छन् । देउवा २०७८ मंसिर २९ गते सभापतिमा निर्वाचित भएका थिए । व्यवसायी श्रेष्ठ सभापति देउवा निकटका नेता मानिन्छन् । उनी २०७९ सालमा भएको निर्वाचनमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*