१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

शान्तिसुरक्षासँगै समाजमा अनुशासन कायम गराउन आवश्यक छ : गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले देशमा शान्तिसुरक्षासँगै समाजमा अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले पहिलो आवश्यकता शान्ति सुरक्षा स्थापना गराउनु भएपनिसँगै अनुशासित पनि बन्नुपर्ने बताएका हुन् । उनले भने–‘सबैभन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो, तर सुरक्षासँगै अनुशासन पनि कायम गराउन जरुरी छ ।’

गृहमन्त्री लेखकले मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनलाई निष्पक्ष र शान्तीपूर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु सबैको दायित्व भएको स्पष्ट पारे । गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागुऔषध नियन्त्रण, आत्महत्या, विपद्, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै मन्त्री लेखकले भने– ‘अहिले तपाईहरूले काम गरिराख्नु भएको छ तर यत्तिले पुग्दैन थप क्रियासिलता र सकृयता भएर काम गर्नूस, सबै समस्या समाधान हुन्छन् ।’ सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सिमित नभई सुदूरपश्चिम प्रदेशको शान्तिसुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटनालगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाउने बताए ।

गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा सुरु भएको सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुवँर, शसस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख लगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतको सहभागिता रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*