नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइ प्रति प्रधानमन्त्रीको चासो, मङ्सिरभित्र काम सुरु नभए ठेक्का तोड्ने चेतावनी

न्यूज समय

प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइ प्रति तिव्र चासो व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले निर्माण कार्यमा भईरहेको ढिला सुस्तीलाई पंक्षाउँदै चौडै टुंगोमा पुगिने बताए ।

सम्वन्धीत मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधि सहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले अव यो सडक खण्डको बिषयमा सरकारले ठोस निर्णय लिने बताए ।

सडक निर्माण कार्यामा भईरहेको ढिलाईले यात्रु तथा त्यस क्षेत्रका नागरिकले पाईरहेको सास्ती प्रति गम्भिर हुँदै प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताए ।

चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएकोमा हालसम्म ५२ प्रतिशत काम भएको जनाइएको छ ।