बाग्मती प्रदेश सरकारमा मन्त्रालयको संख्या १४ पुग्यो
बाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको बाग्मती प्रदेश सरकार बैठकले १३ मन्त्रालयबाट एक मन्त्रालय थप गरी १४ पुगाउने निर्णय गरेको छ ।
बाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार मन्त्रालयको सङ्ख्या थप गरी मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेको बताए ।
मन्त्री लामिछानेले सरकारले प्रदेशमा सहकारी तथा गरिबी निवारण मन्त्रालय खडा गर्ने निर्णय भएको समेत जानकारी दिए ।
हाल नयाँ मन्त्रालयको जिम्मेवारी कार्यविभाजन अनुसार तोकिने मुख्यमन्त्री बाहादुर सिंह लामाले बताए ।
गत साउन १२ गते सरकारलाई पूर्णता दिदै मुख्यमन्त्री लामाले १३ मन्त्रालय सहित सरकारलाई पूर्णता दिएर साउन १५मा विश्वासको मत लिएका थिए ।
त्यस अघि साउन ९ मा मुख्यमन्त्री लामाले विनाविभागिय मन्त्रीका रुपमा नियुक्त गरेका काँग्रेसका मदनकुमार श्रेष्ठले जिम्मेवारी पाउन सकेका छैनन ।
केन्द्रीय समिकरण अनुसार बाग्मती प्रदेशमा काँग्रेसको भागमा ७ र एमालेको भागमा ६ मन्त्रालय परेको थियो ।