पक्राउ परे गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङ्गे

न्यूज समय

गण्डकी प्रदेशसभा सदस्य एवं पूर्व प्रदेश मन्त्री राजीव गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाय पछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनलाई पक्राउ गरेको हो ।

व्युरोको टोलिले उनलाई काठमाडौंको सानो भर्याङबाट पक्राउ गरिएको ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताए ।

प्रमुख थापाका अनुसार दिपक मनाङ्गे भनेर चिनिने निजलाई मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ ।