प्रहरीले बालुवाटारबाट राष्ट्रिय स्वातन्त्र पार्टीका नेता तथा कार्याकर्ताहरुलाई पक्राउ गरेको छ ।
बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन थाले पछि उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि निरन्तर आन्दोलन गर्दै आएको रास्वपाले मंगलबार (आज) बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै प्रहरीले रास्वपाका सांसद अशोक कुमार चौधरी, रास्वपाका ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठ, काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, सहित दर्जनौ नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
१२ बजे देखि २ बजे सम्म रचनात्मक कार्यक्रम गरी सरकारको बिरोध गर्ने कार्यक्रम भएको बताएको रास्वपाको कार्यक्रमलाई प्रहरीले बिथोलिदिएका छ ।
न्यूज समय
१३ कार्तिक, २०८१, मंगलबार ००:००