१६ कार्तिक २०८१, शुक्रबार  |  1 November 2024,Friday
Ad

मुलुकलाई समृद्ध बनाउन एक जुट हुनै पर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि एक जुट हुनु पर्ने बताएका छन् ।

गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आइतबार आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले विकासका लागि सम्पूर्ण पूर्वाधार तयार भई सकेकाले एक जुट भए अव त्यो सम्भव रहेको बताए ।

प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउनेमा दुईमत नरहेको बताए ।
गैह्रआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह समेत गरे ।

साथै त्यस अवसरमा प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट पारे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*