१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

बक्यौता नबुझाउने ४३ उद्योगको विद्युत् लाइन काटियो

विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले ४३ उद्योगको विद्युत् लाइन काटेको छ ।

बिहीबार राति डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाएको भन्दै ४३ उद्योगको लाइन काटिएको प्राधिकरण श्रोतले जनाएको छ ।

लाईन काटिने उद्योगहरुमा दाङमा रहेको सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, श्याम प्लास्टिक उद्योगलगायतका रहेको बिद्युत प्राधिकरणले जनाएको छ ।

कात्तिक ८ गते सम्म समय सिमा दिएका मध्य ५ वटा उद्योगले मात्रै बक्यौता बुझाएको र अन्य ४३ ले नबुझाएका कारण लाईन काटिएको प्रधिकरणको भनाई छ ।

गएको असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*