१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

संयुक्त राष्ट्र संघ स्थापना दिवस नेपालमा पनि मनाईयो

प्रधानमन्त्री केपि शर्मा ओलिले विश्व शन्ति स्थापना र विपद व्यवस्थापनमा संयुक्त राष्ट्र संघले पुर्याउँदै आएको योगदान अतुलनिय भएको बताएका छन् ।

अक्टोवर २४ अर्थात आज संयुक्त राष्ट्रसंघको स्थापना दिवसको अवसरमा नेपाली सेनाद्वारा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री ओलिले संयुक्त राष्ट्र संघको शान्ति मिसनमा नेपालका तर्फबाट नेपाली सेनाले पुर्याएको योगदानको पनि प्रशंसा गरे ।

प्रधानमन्त्री ओलिले नेपाल शान्तिको देश रहेको र नेपाली सेनाले शान्ति स्थापना साथै विपद व्यवस्थापनमा पनि उत्तिकै भुमिका निर्वाह गर्दै आएकोमा खुसी समेत व्यक्त गरे ।

त्यस अवसरमा नेपाली सेनाले मार्चपासका साथै विभिन्न सांस्कृतिक झाँकी एवं सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गराइएको थियो ।
कार्यक्रममा संयुक्त राष्ट्र संघको नेपाल कार्यालयका प्रतिनिधिहरु, नेपाली सेनाका प्रमुख र जवानहरु, तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*