१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

मुस्ताङबाट हाल सम्मकै धेरै ९३ करोडको स्याउ निर्यात

हिमाल पारीको जिल्ला मुस्ताङबाट यस वर्ष झण्डै ९३ करोड बराबरको स्याउ निर्यात भएको छ ।
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भई जिल्ला बाहिर निर्यात भएको छ ।

यो उत्पादन मुस्ताङ जिल्लामा अहिले सम्मकै उच्च रहेको पनि कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले बताए ।
स्याउ फुल्ने र दाना लाग्ने समय अनुकुल मौषम भएकाले यस वर्ष अन्य वर्षको तुलनामा स्याउ उत्पादन बढेको समेत प्रमुख गुरुले जाकारी दिए ।

गत वर्ष मुस्ताङ जिल्लामा छ हजार पाँच सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष झण्डै ३५ प्रतिशतले उत्पादन वढ्दा किसानहरु लभान्वित भएका छन् ।

यस वर्ष मुस्ताङ जिल्लामा खोति हुँदै आएको स्थानीय जातका स्याउ प्रतिकेजी एक सय १० रुपियाँ र हाईब्रिट स्याउ प्रतिकेजी रु. दुई सय रुपैयामा खरिद बिक्री भएको स्थानीय स्याउ किसानहरुले जनाएका छन् ।

मुस्ताङमा हाल ६० हेक्टर क्षेत्रफलमा मात्रै उच्च घनत्व जातका स्याउको खेती गरिएकोमा ५० हेक्टर क्षेत्रफलका बोटले उत्पादन दिन सुरु गरिसकेको पनि ज्ञान केन्द्रले जनाएको छ।

स्वादिलो मानिएको मुस्ताङमा उत्पादन हुने स्याउ १० प्रतिशत जिल्लामा नै खपत तथा भण्डारण हुने र ९० प्रतिशत उत्पादन म्याग्दी, बागलुङ, पर्वत, पोखरा, चितवन, काठमाडौँलगायतका जिल्लामा निर्यात हुदै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*