१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

नेपाल संवत् ११४५ लाई हर्ष उल्लासका साथ मनाउँ: उप–प्रधानमन्त्री सिंह


उप–प्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ मनाउनु पर्ने बताएका छन् ।
मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री सिंहले आउँदै गरेको नेपाल संवत् ११४५ को नयाँ वर्षका रुपमा सवै एक जुट भएर मनाउनु पर्ने बताएका हुन् ।

न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाइ, दिदिबहिनी तथा विदेशमा बस्ने नेपालीलाई पनि शुभकामना दिदै उप–प्रधानमन्त्री सिंहले नेपाल संवत्लाई प्रशंसा गर्न लायकको बन्ने गरी नयाँ वर्ष मनाउनु पर्ने बताए ।

मन्त्री सिंहले नेपाल संवत्को नयाँ वर्षलाई राज्यले पनि बिशेष प्रकारको वर्षका रुपमा बनाई हर्ष उल्लासका साथ मनाउनु पर्ने बिचार व्यक्त गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*