१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

चालु आवमा नेपालको आर्थिक वृद्धिदर ५.१ रहने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले चालु आर्थिक बर्ष २०८१/०८२ मा नेपालको आर्थिक वृद्धिदर रहने प्रक्षेपण गरेको छ ।

विश्व बैंकद्वारा निकालिएको (नेपाल डेभलपमेन्ट अपडेट) प्रतिवेदनले कृषि, पर्यटन तथा विद्युत उत्पादनमा देखिएको सुधारलाई आधार मानेर ५.१ प्रतिशतको वृद्धिदरको प्रक्षेपण गरेको हो ।

विश्व बैंकको श्रीलंका, नेपाल र माल्दिभ्सका देशीय निर्देशक डेबिड सिस्लेनले विकासको गतिलाई प्राथमिकता दिनु नेपालको लागि प्रमुख विषय भएको बताए ।

पूर्वाधार, सुशासन, मानव पुँजी विकास र निजी क्षेत्रलाई प्रोत्साहन र समर्थन गर्ने वातावरणको विकास जस्ता क्षेत्रहरूमा निरन्तर सुधार आवश्यक रहेको बताउँदै डेविट सिस्लेनले नेपालले विदेशी कामदारहरूबाट रेमिटेन्समार्फत धेरै फाइदा उठाएको जिकिर गरे ।

यस अघि गएको साता एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशतको रहने प्रक्षेपण गरेको थियो ।

यता नेपाल सरकारले विशेष गरी धानको उत्पादन ४.३ प्रतिशतले बढ्ने, पर्यटन आगमन ३० प्रतिशतले बढ्नुका साथै ४५० मेगावाट विद्युत थपिने भएको कारण पनि यो वर्ष ६ प्रतिशतको आर्थिक वद्धिदरको लक्ष्य राखेको छ ।
त्यस्तै सरकारले यो वर्ष औसत मूल्य वृद्धिदर ५.५ प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको छ ।

सरकारले मुलुकमा उल्लेख्य पानी परेकाले धान उत्पादनमा बृद्धि हुने अनुमान अनुसार आर्थिक वृद्धिदर बढ्ने अनुमान गरे पनि गत साताको अविरल बर्षा संगै आएको बाढी पहिरामा थुप्रै धानबाली नष्ट भएकोले सरकारको यो लक्ष्यमा ह्रास अउन सक्ने अनुमान गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*