११ कार्तिक २०८१, आईतवार  |  27 October 2024,Sunday
Ad

आयोगद्वारा मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आव्हान

आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।

आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै बिहीबार (भोली) देखि असोज १६ गते सम्म संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ताका लागि आह्वान गरेको हो ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचामा निवेदन दिनुपर्ने आयोगको भनाई छ ।

स्थानीय तहका रिक्त ४३ पदका लागि आयोगले निर्वाचन गराउने तैयारी थालेको हो ।

त्यसका लागि आयोगले मंसिर २ गते उम्मेदवारी दर्ता गर्नु पर्ने कार्यसुचि निर्माण गरेको पनि निर्वाचन आयोगले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*