८ आश्विन २०८१, मंगलवार  |  24 September 2024,Tuesday
Ad

इजरायली आक्रमणमा परी लेबनानमा ४९२ जनाको मृत्यु

इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा परी कम्तिमा ४९२ जनाको मृत्यु भएको छ ।
हिजबुल्लाहलाई लक्षित गरेर गरिएको हवाई आक्रमणमा उक्त संख्यामा मानिसहरुको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको उक्त आक्रमणमा ३५ जना बालबालिका र ५८ जना महिलाको मृत्यु भएको छ ।
आक्रमणमा परी १ हजार ६४५ जना घाईते भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।
उता इजरायलले आफ्नो उत्तरी इजरायलमा हिजबुल्लाहले २०० भन्दा बढी रकेट प्रहार गरेको बताएको छ । उक्त प्रहारबाट आफ्ना दुई जना नागरिक घाईते भएको पनि इजरायलको भनाई छ ।
इजराईल र हिजबुल्लाहको यो द्वन्द्वलाई ध्यानमा राख्दै दुवै देशलाई संयम अपनाउन पनि अन्तराष्ट्रि देशहरुले आग्रह गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*