६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

दसैंलाई मध्यनजर गर्दै असोज १२ देखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला हुने

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैंलाई मध्यनजर गर्दै लामो दुरीका सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको छलफलले लामो दुरीका यात्रुहरुलाई मध्यनजर गर्दै १२ गते देखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति गरेको हो ।

बैठकले यातायात व्यवसायीका मागलाई सम्बोधन गर्ने विषयमा गम्भिर छलफल गर्दै केही महत्वपूर्ण निर्णय समेत गरेको छ ।

घटस्थापना अगावै सबै सडक मर्मत गर्न सम्वन्धित निकायलाई निर्देशन दिने, सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गर्ने, बैज्ञानिक भाडा समायोजन गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।

त्यस्तै सुरक्षित यात्रा र यात्रुहरुको सुरक्षाका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा प्रहरी हेल्प डेक्स संचालन, बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्ने लगाएतका विषयमा पनि छलफल भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।
बैठक भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*