५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई तोकियो

प्रधानमन्त्री के.पी. ओली न्यूयोर्क गए संगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उप–प्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हालेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उप–प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।

संविधान बमोजिम प्रधानमन्त्री ओलीले उप–प्रधानमन्त्री सिंहलाई प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गर्ने गरी कार्यावाहक प्रधानमन्त्री तोक्न राष्ट्रिपति पौडेल समक्ष सिफारीस गरेका थिए ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आज दिउँसो संयुक्त राज्य अमेरिको न्यूयोर्क प्रस्थान गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*