दरवारमार्ग क्षेत्र हुदै गन्तव्यमा जाने सवारी साधनलाई ट्राफिक प्रहरीले डाइभर्ट गरेर अर्को रुटतर्फबाट पठाए पछि त्यस क्षेत्रमा अत्यधिक सडकमा जाम बढेको छ ।
सरकारले संविधान दिवस असोज ३ गते मुल समारोह सैनिकमञ्च टुँडिखेलमा र सोहि दिन साँझ दरबारमार्गमा “नेशनल डे कन्सर्ट’ गर्ने भए पछि तैयारीका लागि त्यस क्षेत्रबाट गुड्ने सवारी साधनलाई डाइभर्ट गरी अन्य रुटबाट पठाईएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ डाइभर्ट गरिएको छ । त्यस्तै जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्ट गरिएको छ ।
नेपाली चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने कन्सर्टको स्टेज निर्माण कार्य अहिले धमाधम भईरहेको छ ।

न्यूज समय
२ आश्विन, २०८१, बुधबार ००:००