५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

यात्रु विदाई गर्दा बिमानस्थलमा खादामाला नल्याउन अपिल

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रुलाई विदाई गर्दा लगाईने खादामाला एर्पोट नल्याउन भनेको छ ।

कार्यालयले बिहिबार एक सूचना जारी गर्दै त्यसरी यात्रुका लागि ल्याईएका खादाले सूरक्षा उपकरण तथा विमानस्थलको सौदर्यतामा नकारात्मक असर पर्ने भन्दै खादामाला एर्पोट नल्याउन अपिल गरेको हो ।

यात्रुले लगाएर आउने खादामालाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणहरूमा गम्भीर क्षति पुर्याउने भएकोले कार्यालयले त्यस्तो आग्रह गरेको सूचनामा उल्लेख छ ।

यात्रुले प्रयोग गरेका खादामाला एक्स–रे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किने गरेको र त्यसले उपकरणलाई गम्भिर क्षति पु¥याएको दाबी गर्दै लैजानै परे झोला भित्र राखेर लैजान आग्रह गरेको हो ।

केही दिन अघि सुरक्षार्थ खटिएका प्रहरीले खादा प्रयोग गर्न रोके पछि त्यसको व्यापक बिरोध भएको थियो ।
सोही बिरोधलाई मध्यनजर गर्दै कार्यालयले सूचना जारी गर्दै यस्तो अपिल गरेको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*