१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

व्यावसायिक सेवाका विषयमा राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच आपसि व्यावसायिक सेवाका विषयमा सम्झौता भएको छ ।
लिमिटेडका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा बैंक र कम्पनी लिमिटेड बीच सम्झौता भएको राष्ट्रिय बाणिज्य बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरेको सम्झौता पत्रमा कम्पनीमा कार्यरत तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई कम्पनीको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने उल्लेख छ ।

सम्झौता पश्च्यात कम्पनी लिमिडेडका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्ने एवं बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने पनि सम्झौता पत्रमा उल्लेख छ ।

त्यस अवसरमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, रामकुमार थापा, विभागीय प्रमुख आनन्द सुवेदी, उपप्रमुख दिनेश न्यौपाने, शाखा कार्यालय थापाथलीका शाखा प्रबन्धक बिक्रममान श्रेष्ठको उपश्थिती रहेको थियो ।
त्यस्तै कम्पनी लिमिटेडका तर्फबाट विभागीय प्रमुखहरु डिल्लीराज लम्साल, घनश्याम अर्याल, अधिकृत रामसफल साह लगाएतका कर्मचारीहरु सहभागी थिए ।।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*