५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

आधारभूत मान्यताहरु प्रतिकूल नहुने गरी संविधान संशोधन गरिन्छ : गृहमन्त्री लेखक


धनगढी । गृहमन्त्री रमेश लेखकले संविधानका आधारभूत मान्यताहरु प्रतिकूल नहुने गरी संविधान संशोधन गरिने बताएका छन् । मंगलबार धनगढी बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सबै दलबीच सहमति र संवाद गरेर मात्र संविधान शंसोधन हुने बताए ।

तीन दिनको गृह क्षेत्रको भ्रमणको क्रममा आज धनगढी पुगेका गृहमन्त्री लेखकले अस्थिरतालाई समाप्त गरी स्थिर सरकार, शिथिल अर्थतन्त्र चलायमान र संघीय गणतन्त्र संस्थागत गर्न वर्तमान समीकरण बनेको बताए। उनले बर्तमान सरकार सरलता र जटिलताको मूल्यांकन गरी अघि बढने बताए। केन्द्रमा स्थिर सरकार बन्ने बित्तिकै सबै प्रदेशमा स्थिर सरकार बनेको उनले बताए।

गृहमन्त्री लेखकले आत्मविश्वासको बाटोमा अघि बढेकाले १८ वर्षदेखि अड्किएको संक्रमणकालीन न्याय टुङ्ग्याइएको बताए। साथै, गृहमन्त्री लेखकले अहिलेको सत्ता समीकरण अत्यन्त सहज तरिकाले अघि बढेको जिकिर गर्दै कसैले चाहेर पनि अपठ्यारो नपर्ने बताएका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*