६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

भण्डारीद्धारा संचारमन्त्रीलाई कारवाही गर्न माग


काठमाडौ । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । उनले विज्ञप्ति निकालेर मन्त्री गुरुङलाई कारबाहीको माग गरेका हुन् । मन्त्री गुरुङले गत शनिबार पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको ‘जिभ्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।

भण्डारीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भत्र्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु ।’

उनले शान्ति सुरक्षामा भविष्यमा तलमाथि हुन गएमा त्यसको जिम्मेवार स्वय० सरकार र प्रधानमन्त्री हुने समेत भण्डारीले उल्लेख गरेका छन् । साथै उनले समाजमा वितृष्णा फैलाउने र पार्टी–पार्टीबीच सम्बन्ध बिगार्ने कार्य नगर्न पनि अनुरोध गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*