६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

ओलीपछि म हैन शेरबहादुर देउवा नै हो प्रधानमन्त्री : परराष्ट्रमन्त्री राणा

धनगढी । परराष्ट्रमन्त्री आरजू राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीपछि कांग्रेसबाट सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने स्पष्ट पारेकी छन् । प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केही समय पहिले प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा २ वर्ष ओली प्रधानमन्त्री रहने र त्यसपछिको कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति भएको बताइन् ।

उनले प्रधानमन्त्री ओलीको अभिव्यक्ति आफू केन्द्रित नभएको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यूथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए ।

उनले भनिन् –‘हाम्रो पार्टी अनुशासनमा चल्ने पार्टी हो । प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नु पर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला पार्टी भित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो । म प्रधानमन्त्री ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । तर, त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन । उहाँको आफ्नै पार्टीको क्याडिडेट भएको जस्तो लाग्छ । हाम्रो बाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।’

उनले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै जाने समेत बताइन् । उनले २ वर्ष ओली प्रधानमन्त्री रहने र त्यसपछिको कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति भएको उनले बताइन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*