५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

गौरा पर्वले नेपाली सामाजलाई एक सूत्रमा बाँधेको छ : परराष्ट्रमन्त्री राणा

नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री डा.आरजु राणा गौरा पर्वले नेपाली समाजलाई एक सूत्रमा बाँधेको बताएकी छिन् ।
गौरा पर्वको अवसरम धनगढी पुगेकी परराष्ट्रमन्त्री राणाले आफु पनि गौराको ब्रत बसेकाले पूजा अर्चना तथा गौरा विसर्जनका लागि धनगढी आएको बताईन् ।

गौरा पूजा पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै मन्त्री राणाले गौराले सामाजिक एकता र भाईचारकाको सम्वन्ध कायम गर्ने भएकोले यो पर्व समृद्धिको पर्व रहेको विचार व्यक्त गरिन् ।

गौरा पर्वको अवसरमा हरेक बर्ष धनगढी स्थीत आफ्नो निवासमा पुग्ने राणा यस वर्ष पनि त्यहाँ पुगे पछि कार्यकर्ता तथा समर्थकहरुले डेउडा खेल्नुका साथै तथा गौरा पर्व सम्बन्धी फाग, अठेवाली समेत गाएका थिए ।

पर्व पछि धनगाढी लागायतका स्थानमा आयोजित विभिन्न कार्यक्रममा सहभागि भएर मन्त्री राणा काठमाडौं फर्कीने कार्यक्रम छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*