५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त


काठमाडौं । नेपाली सेनाको नयाँ सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेतापतिमा आज नियुक्त गरेका हुन् ।

यो सँगै सिग्देल नेपाली सेनाको ४५औं प्रधान सेनापति बनेका छन् ।

नेपाली सेनाको परम्पराअनुसार प्रभुराम शर्माले अवकाशमा जानु एक महिनाअघि साउन २४ गतेदेखि बिदा बसेर सिग्देललाई बुझबुझारथ गरेका थिए ।

यसअघि साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई सरकारको सिफारिसमा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए ।

३७ वर्षदेखि सैनिक सेवामा कार्यरत् सिग्देल भैरहवाका हुन् । उनले त्रिभुवन विश्वविद्यालय रणनीतिक अध्ययन र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर सकेका छन् ।

सिग्देलले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको कमाण्ड पनि सम्हालेका थिए । युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियालगायतका देशमा उनी यूएन मिसनमा गएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*