५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

रास्वपाले साधारण सदस्य पनि नरहने गरी हटायो महामन्त्री मुकुल ढकाललाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री डाक्टर मुकुल ढकाललाई पार्टीको साधारण सदस्य पनि नरहेन गरी हटाएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार विहान बसेको बैठकले महामन्त्री ढकाललाई पार्टीको साधारण सदस्य पनि नरहने गरी हटाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

ढकालले विभिन्न जिल्ला घुमेर पार्टीका नेता तथा कार्यकर्ताहरु संगको संवाद र सुझावका आधारमा तैयार पारिएको प्रतिवेदन पार्टीमा पेश गरे संगै उनलाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।

चित्तवुझदो स्पष्टीकरण नआए पछि रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता एवं केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो ।

निलम्बीत ढकाललाई चित्त नबुझे ३५ दिन भित्र पुनरावलोकन गर्न दिएको समयमा पनि ढकालले पार्टी सभापति रवि लामिछाने बिरुद्धमा लागेका आरोप पुष्ट्याउने प्रमाण पेश गर्न सक्ने जस्ता लिखित अभिव्यक्ती सार्वजनिक गरेका थिए । सोही आधारलाई लिएर रास्वपाले उनलाई साधारण सदस्य नरहने गरी पार्टीबाट हटाएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*