नेपालमा हैजा संक्रमित बढे संगै सर्वसाधारणलाई सतर्कता अपनाउन स्वाथ्यकर्मीहरुले आग्रह गरेका छन् ।
प्रदुषित पानी तथा खानेकुराका कारण हैजा संक्रमण फैलने भएकाले खानपिनमा बिशेष सतर्कता अपनाउन स्वास्थ्य कर्मीहरुले सर्वसाधारणहरुलाई आग्रह गरेका हुन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देश भर ५५ जनामा हैजाको संक्रमण भेटिएकोे छ ।
शाखाको तथ्यांक अनुसार लतिपुरमा ४१, कैलालीमा ८, काठमाडौंमा ४ जना र प्यूठानमा २ जनामा गरी जम्मा ५५ जना हैजा संक्रमण फेला परेको पुष्ठी भएको हो ।
न्यूज समय
२ भाद्र, २०८१, आईतबार ००:००