६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै, आजैदेखि उच्चस्चरिय भेटघाट

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन् । नेपालमा कांग्रेस– एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।

विदेश सचिव बनेलगत्तै मिश्रीले पहिलो भ्रमण भने भुटानमा गरेका थिए । नेपाल भ्रमणका क्रममा उनले नेपाल(भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ । सचिव मिश्रीले आजैदेखि उच्चस्तरिय भेटघाट गर्नेछन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूसंग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।

उनले आजै राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवलगायतसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उनले नेपालस्थित भारतीय राजदूतावास कर्मचारीसँग छलफल गरेपछि दुई बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने छन् ।

राष्ट्रपतिसँगको भेटपछि उनले तीन बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । सचिव मिस्रीले आइतबार नै उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंहलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम पनि रहेको छ ।

आज नै परराष्ट्र सचिव लम्सालले सचिव मिस्रीका लागि रात्रिभोजको आयोजना गर्नेछिन् । सो कार्यक्रममा पनि नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सोमबार बिहान ११ः४५ बजे उनले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिंदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको भारतीय अधिकारीहरुको भनाइ छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*