६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

नेपाल महिला संघको ७७औँ स्थापना दिवस आज


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको ७७औँ स्थापना दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दैनिक चुलोचौकामा सीमित महिलालाई नेपाली राजनीतिमा स्थापित गर्नका लागि महिलानेत्री मंगलादेवी सिंहको सक्रियतामा २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना भएको हो । सिंहको सक्रियतामा काठमाडौंको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला भएको थियो ।

सो भेलाले मंगलादेवी सिंहका अध्यक्षतामा संघको पहिलो ११ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको थियो । नेपाली कांग्रेस स्थापना भएकै ताका संघको स्थापना भएको हो । महिला अधिकारका लागि स्थापना भएको राजनीतिक संगठन स्थापना भएको साउन २४ लाई नै नेपाली राजनीतिमा महिलाहरूको प्रवेशका लागि कोशेढुङ्गाका रूपमा लिने गरिन्छ ।

घरभित्रको काममा सीमित महिलाहरू २००४ मा संगठित भएसँगै विसं २००७, २०३६, २०४६ र २०६२/६३ मा भएको राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने, राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्ने, सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने नियम महिला आन्दोलनका उपलब्धि हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*