६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

निरन्तर बर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

काठमाडौ। निरन्तर वर्षा र हुस्सुका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । मङ्गलवार बिहान खराब मौसमकै कारण केही जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकी आकाशमा नै होल्ड र केही डाइभर्ट भएको विमानस्थलले जनाएको छ।

विमानस्थल कार्यालयका अनुसार पानी परेको कारण केही जहाज अवतरणमा समस्या भएको छ । जहाज उडानमा समस्या नभएपनि पानी परेकाले केही जहाजले अवतरण गर्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

स्तानाबुलबाट काठमाडौं आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएको र एयरको लुक्लाको उडान मौसमको कारण रद्द भएको जनाइएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*