काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। बोर्डले केहिबेर अघि नतिजा सार्वजनिक गरेको सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए।
गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।
परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए।
गत असारमा प्रकाशित एसइईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको हो। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन्।
न्यूज समय
१८ श्रावण, २०८१, शुक्रबार ००:००