७ आश्विन २०८१, सोमबार  |  23 September 2024,Monday
Ad

राजिवको नेतृत्वमा कर्णाली सरकारमा सहभागि हुँदै कांग्रेस, भण्डारी, अधिकारी र बुढा मन्त्री बन्दै

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका चार जना मन्त्री आज सहभागि हुँदैछन् । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने छन् र बिहीबार राष्ट्रपतिबाट शपथ लिएका नवनियुक्त प्रदेश प्रमुख जोशी आज बिहान मात्रै सुर्खेतका पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको पदभार पछि आज नै कांग्रेस सरकारमा जाने निश्चित भएको । जाजरकोटबाट निर्वाचित सांसद राजीव विक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने स्रोतको दाबी छ । दैलेखका सांसद घनश्याम भण्डारी, सल्यानका सुरेश अधिकारी र हुम्लाकी विजया बुढा सरकारमा सहभागि हुने बताइएको छ ।

स्रोतका अनुसार शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग पर्यटन वन तथा वातावरण र बुढालाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । चारमध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सल्यानका सुरेश अधिकारी इतर पक्षधर हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*