७ आश्विन २०८१, सोमबार  |  23 September 2024,Monday
Ad

एआईजी ज्ञवालीमाथि छानबिन गरिदै, प्रहरी प्रधान कार्यालयले बनायो समिति


काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा एआईजी ज्ञवालीमाथि विभिन्न प्रकारका उजुरी परेपछि उनीमाथि छानबिन गर्न लागेको हो । ज्ञवालीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयकै प्रशासन विभागमा कार्यरत अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा समिति बनाएको छ ।

प्रहरी महानिरीक्षकको निर्देशनमा चल्ने सीआईबीका प्रमुख ज्ञवालीले आफूखुसी काम गरेकोदेखि आईजीपी वसन्त कुँवरको जानकारीबिना केहीलाई अभद्र व्यवहारमा समेत मुद्दा चलाइएको खुलेपछि छानबिन थालिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । ६० किलो सुन तस्करी प्रकरणका केही आरोपीलाई आफूखुसी अभद्र व्यवहारको मुद्दा चलाउनेदेखि संगठनको हितविरुद्ध समेत काम गरेको प्रहरी प्रधान कार्यालयको दाबी छ ।

यसअघि सीआईबीको प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई समेत सुन तस्करीको अनुसन्धानमा कमजोरी गरेको भन्दै उनलाई हटाएर ज्ञवालीलाई पठाइएको थियो । ज्ञवालीसमेत विवादमा परेका हुन् । ज्ञवाली एक महिनापछि भदौ २५ मा उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*