१० लाख नगदसहित काठमाडौंको चुनदेविबाट ९ जना जुवाडे पक्राउ

न्यूज समय


काठमाडौं । काठमाडौंको चुनदेवीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालार्ए पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका–४ स्थित तीन तले घरको छतमा जुवा खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

घटनास्थलबाट प्रहरीले १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा जुवाको सेट बरामद गरेको छ।