सस्तियो सुन, एकैदिन तोलामा २४ सय रुपैयाँले घट्यो

न्यूज समय

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।