१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारले आज देखि लागुहुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरको छ । नेपाल आयल निगमले जारी गरेको विज्ञप्ति सोमबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेलमा लिटरमा पाँच रूपैयाँले बढाएको छ ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाईएको हो ।

निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पेट्रोलको प्रतिलिटर १६४ रूपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल लिटरको १५४ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको प्रतिलिटर १६६ रूपैयाँ, डिजेल र मट्टीतेल लिटरको १५६ रूपैयाँ आयलनिगमले जनाएको छ ।

त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको प्रतिलिटर १६७ रूपैयाँ, डिजेल र मट्टीतेल लिटरको १५७ रूपैयाँ पर्नेछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*