१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

संसदीय छानविन समितिले समस्याग्रस्त २० वटा सहकारीको कागजात मगाउँदै


गठित संसदीय छानविन समितिले समस्याग्रस्त २० वटा सहकारीको कागजात मगाएको छ ।
समितिको आईतवार बसेको बैठकले कार्यादेशको अनुसूचि– १ मा समावेश रहेका २० वटा सहकारीसँग सम्बन्धित कागजातहरू उपलब्ध गराउन सम्बन्धित निकायहरुलाई पत्राचार गर्ने भएको हो ।
बैठकले २०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डा. युवराज खतिवडा, २०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र २०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग पनि छलफल गरेको छ ।
देशै भरीका सहकारीमा नागरिकको वचत दुरुपयोग भएको हुन सक्ने र समस्याग्रस्त सहकारीका बारेमा छानविन गर्न संसदीय विशेष समितिका सभापति सूर्य थापाको नेतृत्वमा गत जेठ १५ गते सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।
छानविन समितिले समस्याग्रस्त सहकारीको कागजात झिकाउने देखि सोधपुछ सहितको आफ्नो काम थालनि गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*